मुसहर समुदायलाई ईटा भट्टामै गएर सचेतनामुलक कार्यक्रम

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ४ गढाटोलका मुसहर समुदायलाई ईटा भट्टामै गएर रिफ्लेक्ट कक्षा संचालन गरेको छ ।मुसहर समुदाय चरम आर्थिक अभाव,गरीवि र गाँस बाँस कपास जस्ता आधारभुत आवश्यकता पूरा नहुंदा विहान बेलुकाको छाक टार्न सिङगो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जानु परेको छ ।

बर्षमा ६ महिना पुरै परिवारका सदस्यहरु ईटा भट्टामा जाने भएकाले शिक्षा र चेतनामा पछाडी परेका मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुलाई इटा भट्टामै गएर रिफ्लेक्ट सचेतनामुलक कार्यक्रम संचालन गर्नुपरेको साप नेपालका फिल्ड सुपरभाईजर रितेज राज ऋषीले बताउनुभयाे ।

मुसहर समुदायका महिलाहरुलाई बचत तथा आयआर्जन सामाजिक मुल्य मान्यता, वाल बिवाह, जाडँरक्सी, जुवातास विरुद्ध सचेतना अभिवृद्धि गर्नुको साथै स्थानिय सरकारको लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा तालिम दिइएको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष रितुजार ऋषीले बताउनुभयाे ।

मुसहर समुदाय शिक्षा र चेतनाको अभावको कारण स्थानिय सरकारले दिने सेवा सुबिधा बाट समेत बञ्चित हुनु परेकोले स्थानिय स्तरमानै रोजगारीको अवसर सृजना गर्नुपर्ने समुहकी अध्यक्ष प्रमिला देवी माझीले बताउनुभयाे । स्थानिय सरकारले सामुहिक वंगुर पालन, तरकारी खेती गरि आर्जन गर्न बजेट दिनुपर्ने उहाँकाे भनाई छ ।

सर्लाही जिल्लामा अन्डेफको सहयोगमा साउथ एशिया पार्टनरशीप नेपाल (साप-नेपाल) संस्थाद्वारा संचालित नेपालमा स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन प्रवर्द्धन कार्यक्रम अन्तरगत गठन गरीएका मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत चन्द्रनगर गाँउपालिका वडा नं २,३,४,६ र ७ मा १७ वटा मुसहर महिला सशक्तिकरण मन्च, हरिपुरमा १० वटा, बरहथवामा ४ वटा र बसबरीयामा १ वटा समुह गठन गरी कृषिमा दर्ता भई बिभिन्न क्षमता अभिवृद्धि मुलक कार्यक्रमहरु संचालन हुदै आईरहेको छ ।

कार्यक्रमअन्तर्गत मुसहर महिलाहरुलाई दुई दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन गरिएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयाे । रिफ्लेक्ट कक्षा संचालन गर्ने क्रममा लैंगिक समता तथा नेतृत्व क्षमता विकासतालिम ,समाजिक जवाफदेहिता अबधारणा र यसका विधिहरु, स्थानिय योजना निमार्ण प्रक्रियामा मुसहर समुदायको सहभागीता तथा लैंगिक उतरदायी बजेट सम्बन्धमा सचेतना,आय आर्जन तथा जिविका सुधार,समाजिक मुल्य मान्यता, समाजिक समस्या र समाधानका उपायबारे प्रशिक्षण संचालन हुदै आई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?