बागमती प्रदेश : कांग्रेस दलको नेतामा संस्थापनइतरले पनि उम्मेदवारी दिने

Read Time = 1 min

हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो ।

हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। संस्थापनइतर समूहबाट उम्मेदवारको नाम टुंग्याउन बाँकी रहेको एक नेताले जानकारी दिए ।

संस्थापन समूहले चर्चामा आएका दुईमध्ये एकजनाको नाम फाइनल गरे इतर समूहले पनि अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुने बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?