सूचनाको हक लोकतन्त्रको सुन्दर पक्षः राष्ट्रपति भण्डारी

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 3 mins

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताले नागरिकलाई सुसूचित गराउने कुरामा अझ बढी जोड दिनुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी केन्द्रिय साधारण सभालाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको भन्दै नागरिकलाई सुसूचितगर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।

पत्रकारिता जगतले सार्वजनिक निकायलाई जवाफदेही बनाउँदै पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउनमा महासंघ अग्रसर भएको बताउँदै उहाँले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेकोले सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा पर्न नहुने बताउनु भयो ।

साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आउनु भएको राष्ट्रपति भण्डारीले शुक्रबार नै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको पनि उद्घाटन गर्नुभएको छ ।

महासंघको साधारण सभामा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा एमालेका महासचिवशंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायतका नेताले शुभ कामना व्यक्त गर्नु भएको छ । साधारण सभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट करिब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

साधारण सभामा प्रेस स्वतन्त्र सेनानी पुरस्कार वर्दियाका पत्रकार भरतराज पोख्रेललाई दिइएको छ । कार्यक्रममा विभिन्न विद्यामा पत्रकारहरुलाई सम्मान र पुरस्कार दिइएको छ । साधारण सभामा पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष विपुल पोख्रेलको सभापतित्वमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?