बच्चामा देखिने मूत्रनलीको जालो

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

करिब ५००० पुरुष बच्चा जन्मँदा तिनीहरूमध्ये एउटा शिशुको मूत्रनलीमा जालो (Urethral Valve) देखापर्दछ । यो जालोको कारणबाट थुप्रै शिशुले नेपालमा पनि मिर्गौला र पिसाबथैलीको जटिल समस्या भोगिरहेका छन् । यो रोगको जानकारी भएमा भ्रूण अवस्थामै त्यसको निदान र उपचार हुनसक्छ ।

जालोयुक्त मूत्रनली जन्मजात मूत्रप्रणालीमा देखापर्ने रोगमध्येको सबैभन्दा बढी विध्वंसकारी व्यथा हो, किनभने यसले मिर्गाैला र पिसाबको थैलीमा घातक असर पार्दछ र फोक्सोको र छातीको वृद्धि र कार्यक्षमतामा समेत नराम्रो असर पार्दछ ।

रोगको विवरण
प्रोष्टेटले चारैतिरबाट घेरिएको मूत्रनलीको प्रारम्भको भाग भ्रूण अवस्थाको बाह्र हप्ताभित्र बनिसक्दछ । यो भागमा एउटा सानो मांसपेशीको बनोट (ख्भचगmयलतबलगm) हुन्छ, जहाँबाट वीर्यद्वार खुल्छ । त्यही बनोटको दुवैतिरबाट जन्मजात अनियमितता (ऋयलनभलष्तब िब्लयmबथि)का रूपमा एउटा मांसपेशीरहित जालो तानिएर मूत्रनलीको माथि र अगाडितिर गई जुट्ने गर्दछ । वीर्यद्वार बनोटबाट प्रारम्भ भई त्यसको अगाडितिर गई जुट्ने गर्दछ । वीर्यद्वार बनोटबाट प्रारम्भ भई त्यसको अगाडि मूत्रनलीको धुरीतिर गएर जुट्ने जालोको संख्या झण्डै ९५ प्रतिशत हुन्छ । पाँच प्रतिशत जालो वीर्यद्वारबाहिरको मूत्रनलीमा छड्के परेर नलीको वारपार तन्केको हुन्छ ।

रोगको निदान
गर्भवती भएको २४ हप्तापछि अल्ट्रासोनोग्राफी जाँच गरेर पुरुष भ्रूणको मूत्रनलीमा जालो छ वा छैन भनेर थाहा पाउन सकिन्छ । यद्यपि जालो स्वयं अल्ट्रासोनोग्राफीबाट देखापर्दैन । तर पनि जालोको कारणबाट मूत्रनलीको केही भाग, पिसाबको थैली, मूत्रवाहिनी नली र मिर्गाैला फुलेको प्रष्टै देखिन्छ ।

मूत्रनली जालोकै कारणबाट भ्रूणलाई घेर्ने गर्भजालोभित्रको तरल पदार्थ गिष्म (उल्वोदक तरल पदार्थ) ज्यादै कम भएको पाइन्छ । बच्चा निलो जन्मे, बच्चाको छाती अति सानो भए तथा छातीमा मांशपेशीको विकास ज्यादै कम देखापरे मूत्रनलीको जालोको शंका गर्नुपर्दछ । बच्चाको पेट छाम्दा यदि दुवै मिर्गाैला सुनिएको अवस्थामा फेला परेर तल्लो पेटमा पिसाबको थैली फुलेको भेट्टाएमा बिनाकुनै अरू जाँच पनि मूत्रनलीको जालोको उपस्थिति भएको अड्कल काट्नुपर्दछ ।

मूत्रनलीको जालोको निदान गर्न पिसाब थैलीमा औषधि हालेर बच्चाले पिसाब गरिरहेको अवस्थामा लिने एक्स-रेको जाँच एउटा सबैभन्दा उत्तम परीक्षण हो । यस्तो एक्स-रेमा पिसाब नलीको पछिको भाग र मूत्रथैली फुलेको देखापरे मूत्रनलीमा जालो भएको प्रमाणित हुन्छ । एक-दुई वर्षको वा ठूला बच्चामा पनि मूत्रनलीमा जालो भए-नभएको ठम्याउन मूत्रथैलीमा औषधि हालेर पिसाब फेरिरहेको अवस्थामा मूत्रप्रणालीको एक्स-रे गर्नुपर्दछ ।

अल्ट्रासोनोग्राफी गर्दा नवजन्म शिशुको दुवैतिर मिर्गाैला र मूत्रवाहिनी नलीहरू फुलेको, पिसाबथैली ठूलो भएको र मूत्रथैलीको मांसपेशी ज्यादै मोटाएको वा मूत्रनलीको पछाडिको भाग चाक्लो भएको देखापरे मूत्रनली जालो भएको सम्झनुपर्दछ ।

रोगको प्रस्तुति
यस रोगले निम्न प्रकारले आफूलाई प्रस्तुत गर्दछ-

सानो उमेरमा :

  • जालोको प्रभावबाट मूत्रावेगमा ज्यादै ठूलो अवरोध हुन्छ ।
  • फोक्सो, मिर्गौला र मूत्रनलीमा नराम्रो असर पर्दछ ।

ठूलो उमेरमा

  • पिसाबमा सामान्य अवरोध हुन्छ ।
  •  शारीरिक विकासमा ज्यादै नराम्रो असर पर्दछ ।
  • जालोको प्रवाहबाट नवजन्म शिशुमाः
  • निलो शरीर,
  • सानो छातीका साथै कम विकसित छातीको मांसपेशी देखापर्दछ ।
  • पिसाबको थैली प्रष्ट देखिने र कोखातिर फुलेको मिर्गौला सजिलै छाम्न सकिने हुन्छ ।
  • शिशुको पेटभित्र पानी जमेको हुने र सम्पूर्ण शरीर सुनिएको हुनसक्छ ।

यस्ता शिशुले पिसाब फेर्दा :

  •  पिसाबको धारा टाढा जाँदैन र लुलो हुन्छ ।

दुई-चार वर्षका वा त्योभन्दा ठूलो बच्चामाः

  • मूत्रनलीमा जालो भए प्रायः पिसाबमा संक्रमण हुन्छ ।
  • पिसाबको धारा कमजोर हुन्छ ।
  • बच्चाहरू पिसाब कनिकनी फेर्दछन् ।
  • उनीहरूको जिउको विकास अत्यन्त कमजोर हुन्छ ।

उपचार तथा अनुगमन
मूत्रनली जालोको उपचार गर्दा जालोलाई मूत्रप्रवाहमा अवरोध नहुने गरेर नष्ट गर्नुपर्दछ । अति स्रोत साधनसम्पन्न देशका केही अस्पतालमा भ्रूणको अप्रेशन गरेर जालोलाई नष्ट गर्ने वा मूत्रथैली र गर्भजालो तरल पदार्थबीच नली राखेर तरल पदार्थको मात्रा सामान्य अवस्थाको जति पुर्‍याइन्छ ।

गर्भजालोको तरल पदार्थ मात्रा ठीक राख्ने कार्य भ्रूणलाई बचाउने एउटा मुख्य उपाय हो । भ्रूण अवस्थामा साधन र सीपको अभावले उपचार गर्न नसकिएको खण्डमा बच्चा जन्मनासाथै पिसाब थैलीमा मसिनो नली हालेर पिसाबको प्रवाह सजिलो पार्नुपर्दछ । मूत्रथैलीमा नली हाल्ने कार्य विभिन्न स्वास्थ्य केन्द्रमा गर्न सकिन्छ । नली लगाएरै शिशुलाई उपचारका लागि आधुनिक साधनसम्पन्न र विशेषज्ञयुक्त केन्द्रमा पठाउनुपर्दछ ।

ज्यादै कमजोर र साना शिशुलाई मूत्रजालो छेदन गर्न सक्ने वातावरण नभए परम्परागत शल्यक्रियाको सम्भावना भएको ठाउँमा पिसाबको थैलीलाई पेटको अगाडिको भागको छालासँग सिलाएर मूत्रप्रवाह सुचारु गर्नुपर्दछ र बच्चा ठूलो र बलियो भएपछि साधन तथा विशेषज्ञसम्पन्न उपचार केन्द्रमा अन्तर्दर्शन विधिबाट मूत्रजालोको छेदन गर्नुपर्दछ ।

बिरामीको अनुगमन शिशुहरूको उपचारपछि समय-समयमा गर्नुपर्दछ । जस्तैः पिसाबको प्रवाह नाप्ने, अल्ट्रासोनोग्राफी गरेर मिर्गाैला, मूत्रवाहिनी नली, मूत्रथैलीको अवस्था बुझ्ने, पिसाब जाँच्ने र रगतको जाँच गरिरहनुपर्दछ ।

शल्यक्रियाको सफलतापछि पनि पिसाब चुहिन सक्ने हुँदा त्यसको अनुगमन गर्नुपर्दछ । पिसाब चुहिएमा मूत्रनली साँघुरिएको वा जालोको पूरा छेदन नभएको छुट्याउनुपर्दछ । पिसाब थैलीमा औषधि हालेर बिरामीलाई पिसाब फेर्न लगाउँदै एक्स-रे दोहोर्‍याएर यकिन गरिन्छ ।
सफल शल्यक्रियापछि पिसाब चुहिने कारण भल्ब मूत्राशय संलक्षण हुनसक्छ । यो अवस्थामा मूत्राशयको आन्तरिक विक्रियाले उत्पन्न हुन्छ, जसले मूत्रप्रणालीको माथिल्लो भागको कार्य ह्रास गर्ने र पिसाब चुहिने हुन्छ, जसले मूत्रप्रणालीको माथिल्लो भागको कार्य ह्रास गर्ने र पिसाब चुहिने गराउँदछ । यो अवस्थामा पिसाब थैलीको संवेदना कम हुन्छ, थैलीको परिणाम ज्यादै ठूलो हुन्छ र थैलीभित्र पिसाबको चाप ज्यादै उच्च हुन्छ । त्यसैले मूत्रप्रणालीको माथिल्लो भागबाट पिसाब सजिलोसँग बगेर मूत्राशयमा प्रवेश गर्न सक्दैन ।

मूत्राशयको संवेदना घट्ने हुँदा बिरामीहरू समयमा पिसाब गर्दैनन् । मूत्राशय भरिएर पिसाब आफैं चुहिने हुन्छ । यस्ता बिरामीहरूले तरल पदार्थको सेवनमा नियन्त्रण गर्ने, पटक–पटक मूत्रत्याग गर्ने बानी बसाल्ने र प्रशस्त समय लगाएर पिसाब निखार्ने गर्दा पिसाब चुहिने समस्या समाधान हुन्छ । त्यति गर्दा पनि पिसाब चुहिने भइरहे नली हालेर बीच-बीचमा पिसाबको थैली निखार्ने गर्नुपर्दछ ।

सारांश
जन्मजात अनियमित रोगका रूपमा पुरुष बच्चाको मूत्रनलीमा एक प्रकारको जालो भ्रूण अवस्थादेखि नै विकसित हुनसक्छ । यस्तो रोग भए मिर्गाैला र फोक्सोलगायत सम्पूर्ण शरीरलाई नराम्रो असर पार्छ । गर्भजालोभित्रको तरल पदार्थ थोरै हुने हुन्छ ।

गर्भधारण गरेको २४ हप्तामा अल्ट्रासोनोग्राफीबाट मिर्गाैला, मूत्रवाहिनी नली, मूत्रथैली र मूत्रनलीको प्रारम्भको भाग फुलेको देखापरे यो रोगको शंका हुन्छ । यो रोगको उपचार जन्मेलगत्तै पिसाबको थैलीमा मसिनो नली हालेर मूत्रप्रणाली बिग्रनबाट रोक्नुपर्दछ । शिशु केही ठूलो र बलियो भएपछि आधुनिक उपचारको प्रयोगबाट जालोको छेदन गर्नुपर्दछ । उपचारपछि लामो समय अनुगमन गरेर रोगको स्थिति नियन्त्रणमा राख्नु अनिवार्य हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?