सिप्रदीले मेगा सर्भिस क्याम्प सञ्चालन गर्ने

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पुुस १० देखि १२ गतेसम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । जसमध्ये तीनवटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड रहेका छन् भने बाँकी नौवटा उपत्यकाबाहिरका पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबर, हेटौंडा, धनगढी र नेपालगञ्जमा रहेको कम्पनीले जनाएको छ ।

क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीको अत्यन्त प्रभावकारीरूपमा आवश्यक जाँच गरिने र जाँच गराउँदा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश : १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । साथै क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको चार हजार नगद फिर्ताको पनि व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?