अश्लील शब्द प्रयोग गर्दै जातीय विभेद, कानूनी कार्वाहीका लागि माग

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । सामाजिक अभियान्त पत्रकार वीर तिरुवालाई जातीय भेदभाव भएको छ । कालीकोट रास्कोट नगरपालिका वडा नं. ५ बस्ने तिरुवालाई सोही नगरपालिकाबाटै जातीय भेदभाव भएको हो ।

रास्कोट नगरपालिका वडा नं. १ हेप्कोट वस्ने अभिलाल शाहीका छोरा वर्ष ३० का अशोककुमार शाही, उनका श्रीमति साविनाकुमारी शाही (विना साविना ठकुरी) र उनकी शालि पशुविना शाही (प्रीया शाही) ले सामाजिक रुपमा जातीय विभेदमा खलल पुग्ने गरी भेदभाव गरेका छन् ।

पीडक तिनै जनाले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुँने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेका हुँन् । आपत्ती जनक र अपमान जनक शब्दहरू प्रति तिरुवाले शुक्रबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा जाहेरी दर्ता गर्नुभएको छ ।

विभिन्न समयमा कुटपिट गर्ने योजनासमेत तय गरेर फोनमा धम्की दिएको उक्त कुरालाई सहन नसकी तिरुवाले जातीय विभेद सम्बन्धी जाहेरी दर्ता गराएको बताउनुभएको छ ।

जाहेरीमा निज विर तिरुवाले आफूलाई समाजिक रुपमा खलल् पुग्ने गरी गालि गरेको र सिंगोे दलित समुदायको सामाजिक अस्तित्वलाई मेटाउने गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार कसुर गरेको हुँदा उक्त ऐन को दफा ७ (ख) अनुसार हदै सम्मको सजाय गरि उक्त ऐन कै दफा (९) अनुसार प्रचलित ऐन कानुन कार्वाही गरी पाउँ भनि जाहेरी दर्ता गराएको पीडित तिरुवाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?