पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍याेः नेता सिंह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको  बताउनु भएकाे छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केहि व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाउनुभयाे ।

सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उहाँको आरोप छ । ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो । जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो ।’

नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताउनुभयाे । ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्‍यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो,’ उहाँले भन्नुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…