बागमती प्रदेश प्रहरीकाे ‘गो होम’ अभियान पश्चात २३३ जना हराएका मानिसहरु फेला

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले हराएका मानिसहरुको खोजतलासको लागि 'गो होम' अभियान सञ्चालन गरेको छ । गत असोज ५ गतेबाट बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा संचालन गरिएको हो ।

सो अवधिमा धादिङले ११ जना सहित २३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई बुझाई सकिएको छ । हराएका मानिसको संख्या तथा फेला पर्ने मानिसहरुको संख्या सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय दोलखा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेको छ, भने मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना मानिस फेला पारेको छ । यसैगरी काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९/९ जना तथा नुवाकोटले ७ जना मानिस ऊक्त अभियानअन्तर्गत खोजतलास गरी फेला पारेको छ ।

अभियान सुरु हुनुपूर्व ८२३ जना हराएका मानिसहरु फेला पर्न बाँकी रहेकोमा हाल यो अभियान शुरु भए पश्चात २३३ जना हराएका मानिसहरु प्रहरी गस्ती, प्रहरी र आफन्तको संयुक्त प्रयासबाट फेला पारिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरुबाट हराई फेला पर्न बाँकी रहेका ५९० जना मानसिहरुको तिव्र रुपमा खोजतलास कार्य भई रहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० जिल्लाहरुको मानिस हराएको तथा फेला परेको विवरण निम्नानुसार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?