बागमती प्रदेश प्रहरीकाे ‘गो होम’ अभियान पश्चात २३३ जना हराएका मानिसहरु फेला

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले हराएका मानिसहरुको खोजतलासको लागि 'गो होम' अभियान सञ्चालन गरेको छ । गत असोज ५ गतेबाट बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा संचालन गरिएको हो ।

सो अवधिमा धादिङले ११ जना सहित २३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई बुझाई सकिएको छ । हराएका मानिसको संख्या तथा फेला पर्ने मानिसहरुको संख्या सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय दोलखा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेको छ, भने मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना मानिस फेला पारेको छ । यसैगरी काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९/९ जना तथा नुवाकोटले ७ जना मानिस ऊक्त अभियानअन्तर्गत खोजतलास गरी फेला पारेको छ ।

अभियान सुरु हुनुपूर्व ८२३ जना हराएका मानिसहरु फेला पर्न बाँकी रहेकोमा हाल यो अभियान शुरु भए पश्चात २३३ जना हराएका मानिसहरु प्रहरी गस्ती, प्रहरी र आफन्तको संयुक्त प्रयासबाट फेला पारिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरुबाट हराई फेला पर्न बाँकी रहेका ५९० जना मानसिहरुको तिव्र रुपमा खोजतलास कार्य भई रहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० जिल्लाहरुको मानिस हराएको तथा फेला परेको विवरण निम्नानुसार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ काठमाडौंमा शनिबार र आइतबार २४ घण्टा ग्यास बिक्री गरिने प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाउँदैछौँ : आईजीपी कार्की प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको… कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम