युवाहरुले समस्याको समाधान खोज्नुपर्छ, गुनासो गरेर हामी माथि पुग्दैनौँ : महामन्त्री थापा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताउनु भयो ।

उहाँले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताउनु भयो । उहाँले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटीकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरु थाहै नपाइकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ । तर आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छाैँ । क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठूलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईको सबैभन्दा ठूलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’

महामन्त्री थापाले निन्दक बन्नु युवाहरुका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताउनु भयो । उहाँले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरुको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?