प्रचण्डलाई कांग्रेसको अन्तिम जवाफ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच को पहले प्रधानमन्त्री भन्ने विषयमा विवाद भइरहँदा कांग्रेसले माओवादी नेतृत्वलाई निर्णायक प्रस्ताव राखेको छ ।

वालुवाटार सूत्रले हिमालय टाइम्सलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री, राष्ट्रपति र सभामुख तीन ओटा पद नेपाली कांग्रेसलाई र उपराष्ट्रपतिसहित अन्य पदमा सहमति गरी बाँडफाँड गर्ने कांग्रेसले अन्तिम निष्कर्ष सुनाएको छ । यद्यपि संयुक्त गठबन्धनका नेताहरुका बीच पुनः वैठक बस्ने भएको छ ।

सात प्रदेशमध्ये एमाले र माओवादी मिलेमा दुई प्रदेशमा सरकार बनाउन सक्ने र अन्यमा अन्य साझेदार पार्टीहरूका बीचमा सहमति गरी नेतृत्व चयन गरिने कांग्रेसको योजना छ ।

कांग्रेसले हालको गठबन्धन भत्किए माओवादी र चित्रबहादुर केसी मात्रै गठबन्धनबाट बाहिर जानसक्ने आँकलन गरेको छ । नेपाली कांग्रेसले माओवादीलाई पछिल्लो दुई वर्ष प्रधानमन्त्रीका लागि गरेको आग्रह अस्वीकार गर्दै पहिलो दुई वर्षको माग माओवादीले गरेपछि र सो अनुसार अडान राखि नै रहे अबको तस्वीर फरक हुन सक्ने आँकलन हुन थालेको छ ।

सरकारमा सहभागी नभएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्ने विश्वास कांग्रेस नेतृत्वले गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत गठबन्धनमा सहभागी गराउने प्रयास कांग्रेसको छ । यसरी नै लोसपा र जसपा अनि जनमत, नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन ज'टाउँदै थप केही स्वतन्त्र सांसदहरूको समर्थन पाउने अपेक्षा कांग्रेसले गरेको वालुवाटार स्रोतको दावी छ ।

राष्ट्रपतिको निर्वाचन दुई महिना पछि मात्रै हुने भएकाले पहिलो चरणमा सरकारको नेतृत्व र सभामुखको विषय टुंगो लगाउनु पर्ने अवस्था छ । राष्ट्रपतिबाट प्रदत्त समयसीमा अन्तिममा पुगेको बेला बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्ने कांग्रेसको तयारी छ । साेही अनुसार उसले शुक्रबार र शनिबार गरी सांसदको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

आजै बालुवाटार पुगेका कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?