झुण्डीएकी श्रीमती बचाउन खोज्दा लडेर श्रीमान‍्कै मृत्यु

Read Time = 2 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाँउपालिका-५ माथिल्लो बजारमा भर्‍याङको सिढीबाट लडी एक पुरुषको ज्यान गएको छ ।

झुण्डीएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?