काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको छ ।
बालुवाटार बैठकबाट केहीबेर अघि निस्किनु भएको कार्कीले पत्रकारसँगको कुराकानीमा गठबन्धनका दलहरुबीच आगामी दिन कसरी अघि बढ्ने विषयमा छलफल भएको बताउनु भयो ।
आज भएको छलफलमा जनताबाट प्रकट भएको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै उहाँले कसले नेतृत्व गर्ने भन्ने विषय भोलि बस्ने बैठकले टुंगो लगाउने बताउनु भयो ।
उहाँले प्रधानमन्त्री को हुने भन्ने कुरा गौण भएको बताउँदै भोलि पुन: बसेर सहमतिमा अघि बढ्ने बताउनु भयो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा थप गर्न आग्रह गर्ने विषयमा भने कुनै छलफल नभएको उहाँले बताउनु भयो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । सो अगाबै प्रधानमन्त्री लगायत ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच