खोटाङको बाम्राङमा तीन घर जलेर नष्ट, साढे ८४ लाखको क्षति

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आगलागी हुँदा साढे ८४ लाख बढीको क्षति भएको छ ।
शनिबार अपरान्ह ४ः३० बजे भएको आगलागीबाट तीन घर पूर्णरुपमा जलेर नष्ट हुँदा ८४ लाख ५६ हजार ५०० क्षति भएको हो ।

मैया श्रेष्ठको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्ण कुमार श्रेष्ठको घर पूर्णमा जलेर नष्ट भएको छ । आगलागीबाट मैयाको तीन तले घर, नगद १ लाख २० तोला चाँदी, मोवाईल, टिभी लगायत घरभित्र रहेको सम्पूर्ण मालसामानहरु पूर्णरुपमा जल्दा २७ लाख ३५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

कृष्णको तीन तले घर, नगद १ लाख ५० हजार, दुई तोला सुन, एक थान मोवाईल लगायत घरभित्र भएको सम्पूर्ण सामानहरु पूर्णरुपमा जलि नष्ट हुँदा २८ लाख ८३ हजार ५०० र सोही ठाउँका कर्ण कुमारको तीन तले घर, घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जलि नष्ट हुँदा २८ लाख २८ हजार क्षति भएको प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

आगोलाई प्रनाउ मुकारुङको कमाण्डमा गएको २६ जना टोली र प्रहरी बिट रत्नपार्कबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको ८ जना टोली गरी ३४ जना प्रहरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा अपरान्ह ४ः४० मा पूर्णरुपमा नियन्त्रणमा लिईएको थियो । आगलागीबाट मानीवय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?