प्राज्ना र हनी पहिलो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गल्र्स डबल्समा पहिलो हुनुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गर्‍यो ।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गर्‍यो । उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७-५ र ६-३ को सोझो सेटमा हरायो ।

फाइनल ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्नुहुनेछ । गल्र्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भट्नागरसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?