‘गुञ्जन’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । यही पुस २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरले सार्वजनिक भएको हो । ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । एक मिनेट ४५ सेकेण्ड लामो ट्रेलरमा निकै रमाइलो र आकर्षण दृष्य देखाइएको छ ।

ट्रेलरमा चलचित्रका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । ट्रेलर हेर्दा चलचित्र प्रेमकथामा बनेको सजिलै अनुमान गर्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय छ ।

विगत दुई दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आउनुभएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?