✍️ मणि शर्मा
कस्तुरी मृगले कस्तुरीको सुगन्ध खोज्दै यताउता चहार्छ तर कस्तुरीको बिना आफूसँगै भएको चाल पाउँदैन । हामी नेपालीहरू पनि सृष्टिको पहिलो मुहान हिमवत्खण्ड नेपालमा सारा तीर्थस्थल हुँदा हुँदै हामी इण्डियातिर भौंतारिन जान्छौँ । द्वादश ज्यार्तिलिंग नेपालमै छ तर हामी त्यसलाई खोज्दै इण्डियातिर चहार्छौं । आदि शंकराचार्यले दार्चुलाको मल्लिकार्जुनमा पूजा गरेर कैलाश मानसरोवर जाँदा यसलाई नै एउटाटा ज्यर्तिलिंग हो भनेका थिए । तर हामी मल्लिकार्जुन खोन्दै इण्डियाको अन्ध्रप्रदेशमा पुग्छौँ ।
द्ववादश ज्योर्तिलिंग मल्लिकार्जुन दार्चुलामा, नागेश्वर नाघु, दार्चुलामा, विश्वनाथ महाकाली नदी तटमा, रामेश्वरम, महाकाली, केदारनाथ रावलाद्री, बैतडी, बैद्यनाथ, साँफेबगर, अछाम, सोमनाथ, शालग्राम, मुस्ताङ, भीमाशंकर, कौशिकी नदी, दोलखा, ओमकारेश्वर, रावा नदी खोटाङ्ग, त्र्यम्बकेश्वर, गौतमी नदी, सिन्धुली, महाकालेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगममा रहेको गुफा, घुस्मेश्वर, हिमालयबाट प्रकट भएको घुस्मा नदी तट (खोजी भइरहेको) नेपाल देवभूमि तथा तपोभूमि पनि हो । यहाँ विभिन्न ऋषिमुनिहरू जन्मे, तपस्यारत रहे, वेद पुराणहरू लगायतको सृष्टि गरे । नेपालका विभिन्न ठाउँमा ऋषिमुनिहरूको आश्रम थियो । त्यसमध्ये केही यहाँ वर्णन गरिएको छ ।
ब्रहृमपुराणमा देवसभाको वर्णन छ । देवीदेउता, ऋषि, मुनि, तपस्वी, साधुसन्त, महात्मा, पितृ आदिको संयुक्त सभा हुनेस्थल सभापोखरी हो । सभापोखरीको नामबाट संखुवासभा जिल्लाको नाम रहन गएको हो । शंंखाकार पोखरीको मध्यभागमा चिप्लेटी आकारको यौटा ढुंगा छ । त्यो ढुंगा व्यास आसन हो । त्यहीँ देवीदेउता, पितृ प्रभृति आदिको सभा लाग्ने गर्दथ्यो । जनश्रुतिअनुसार वेदव्यासले त्यहाँ अठासी हजार ऋषिमुनि, साधुसन्त, तपस्वी आदिलाई बोलाएर शान्ति, जीवन, मृत्यु र स्वर्गको वारेमा जानकारी दिएका थिए । ब्रहृमाका मानसपुत्र अत्रिको तपोभूमिलाई श्वेतगिरि भनिन्थ्यो ।
वाल्मीकि आश्रम नवलपरासी जिल्लाको नारायणी, सोना र पञ्चानदीको संगममा छ । यो आश्रम हरिहर क्षेत्र तथा भगवान विष्णुको पाउ हो । यहाँ सीताराम पुत्र लव र कुशको जन्म भएको थियो । यहाँ नै वाल्मीकिले रामायणको रचना गरेका थिए ।
उनको देदिप्यमान प्रकाशले पाँच योजनसम्मको भूभाग उज्यालिइरहन्थ्यो । हिमपात कहिल्यै हुँदैन्थ्यो । यिनको आश्रम धवलागिरि तथा राप्ती क्षेत्रमा रहेको विश्वास छ । यिनका अनेकौं पत्नीहरूमा पतिव्रता अनुसूया एक हुन् । त्रिदेवका रूप दत्तात्रेय र दुर्वासा ऋषि यिनका पुत्र हुन् । यिनका पुत्री अत्रेयीको विवाह अंगिरस ऋषिसँग भएको थियो । यिनले शिवजीको व्र्रत गरी त्रिपुरा राक्षसको वध गरेका थिए ।
ब्रहृम्पुराण अनुसार मानिस्कुमट तीर्थलाई और्वा आश्रम मानिएको छ । जो और्व ऋषिको नामबाट रहन गएको हो । और्व ऋषिको तपोभूमि तथा आश्रम पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सीमा कालीगण्डकीको तीरमा अवस्थित अर्गली हो । आश्रम क्षेत्र एउटा थुम्कोमा अवस्थित छ त्यसलाई मुस्लुक भनिन्छ । च्यवन ऋषिकी पत्नी आरुणिमाको जंघाबाट अर्वी जन्मेका र उनका जमदग्निसहित सयजना छोराहरू थिए । भगवान विष्णुको पाँचौं अवतार तथा सांख्य दर्शनका रचयिता कपिल ऋषि कपिलवस्तुका हुन् । उनको आश्रम कपिलवस्तुमा छ ।
रिडीघाटदेखि उत्तरपट्टि बडीगाड र कालीगण्डकीको दोभान रुद्रवेणीमा गण्ड ऋषिको आश्रम छ र यिनका बारेमा स्कन्दपुराणको हिमवत्खण्डमा लेखिएको छ । यिनले पार्वतीको पसिनाबाट निस्केको कुण्डमा स्नान गरी उनलाई सन्तुष्ट पारेकाले उनको नामबाट कुण्डबाट बग्ने नदीको नाम गण्डकी हुनेछ भनी जलदेवी पार्वतीले वरदान दिएपछि नदीको नाम गण्डकी भएको हो ।
वाल्मीकि आश्रम नवलपरासी जिल्लाको नारायणी, सोना र पञ्चानदीको संगममा छ । यो आश्रम हरिहर क्षेत्र तथा भगवान विष्णुको पाउ हो । यहाँ सीताराम पुत्र लव र कुशको जन्म भएको थियो । यहाँ नै वाल्मीकिले रामायणको रचना गरेका थिए । यहाँ नै सीताले आफ्नो जीवनको उत्तरार्ध व्यतित गरेकी थिइन् । व्यास आश्रम तनहूँको दमौली नजिक व्यास गुफामा अवस्थित छ । व्यासको जन्म पराशर ऋषि र मत्स्यगन्ध्याबाट भएको थियो र यिनीभन्दा पहिला २९ वटा व्यासहरू जन्मी सकेका थिए । यहाँ दश हजार वर्षसम्म व्यासले तपस्या गरेका थिए । यहीँ उनले चार वेद, पुराण, श्रीमद्भागवत र ब्रहृमसूत्रको रचना गरेका थिए ।
शिवजी यहाँ कुटुम्बेश्वरको रूपमा विराजमान हुनुहुन्छ । निःसन्तानले यहाँ शुक्ला गण्डकीमा स्नान गरी व्यासको दर्शन गर्नाले सन्तान जन्मिन्छन् भन्ने विश्वास छ । यही तीर्थस्थलमा बसी तपस्या गर्नाले दक्षप्रजापतिलाई सवालाश्वर, हर्यश्व, एवं प्रजापति पदसमेत प्राप्त भएको थियो । हरिहर आश्रम कास्कीको मलाममा छ तर चतरानजिक कौशिकी नदी तटको हरिहर आश्रमलाई वास्तविक हरिहर आश्रम मानिन्छ । शमिक आश्रम सुनसरीको चतरामा थियो । शमिक ऋषिले सप्तकोशी तटमा लामो समयसम्म तपस्या गरेका थिए ।
पौराणिक आख्यान अनुसार यिनी गाईको गोठमा बस्दा बाछाले दूध चुस्दा दूधबाट निस्कने फिँज चाटेर जीवन निर्वाह गरेका थिए । एक दिन मौन धारण गरिरहेका बेलामा परीक्षितले यिनको घाँटीमा मरेको सर्प राखिदिएछन् तर उनले उनलाई केही गरेनन् । तर, उनका छोरा शृंङ्गिले परीक्षितलाई सर्पले डसेर सात दिनभित्र मृत्यु होस् भनी श्राप दिए । तथापि यिनले परीक्षितलाई आफ्नो आश्रममा ससम्मान ल्याउन आफ्ना शिष्य गारमुखलाई पठाएका थिए ।
शालंकायन आश्रम मुक्तिनाथ क्षेत्रमा पर्छ । यिनलाई सर्वोत्कृष्ट मानेर युधिष्ठिरले ससम्मान आफ्नो राजसूय यज्ञमा आउन निम्ता गरेका थिए । यिनलाई मुक्तिनाथबाट अर्जुनले लिएर हस्तिनापुर गएका थिए । त्यहाँ मरीचि, गण्डर्षि र पुलस्त्य पनि तपस्या गरेका थिए । ऋष्यश्रृङ्गा आश्रम गुल्मीको रेसुंगामा छ । यिनको नामको अप्रभंश भएर यो ठाउँको नाम रेसुंगा रहन गएको हो । यिनी कौशल्या तथा दशरथ पुत्री शान्ताका पति हुन् । कौशल्याले आफ्नी बहिनी निःसन्तान भएकाले पुत्री शान्ता बहिनी वर्षिनी तथा ज्वाइँ राजा रोमपदलाई दिएका थिए ।
दशरथले ऋषि श्रृङ्गबाट अश्वमेध तथा पुत्रकामेष्टि यज्ञ गराएपछि राम, लक्ष्मण, भरत र शत्रुघ्न नामका छोराहरू जन्मेका थिए । ऋष्यश्रृङगाले चिदीचौर, रेसुंगा, तम्घास, सावनी, रुरुक्षेत्र र अर्गलीमा तपस्या गरेका र्थिए । प्रसिद्ध धार्मिकस्थल रुरुक्षेत्रभन्दा करिब दुई किमीमाथि लेकमा यिनले स्थापना गरेको श्रृङ्गेश्वर महादेव मन्दिर छ ।
गायत्री मन्त्रका प्रवर्तक ऋषि विश्वामित्रको आश्रम उत्तर वराह क्षेत्रदेखि दक्षिण रामधुनी क्षेत्रसम्म थियो । यिनको तपस्यास्थली तथा यज्ञभूमि हिमवत्खण्ड नेपालको कोकाह र कौशिकी तटमा थियो । तपस्यारत यिनलाई मारिच र सुबाहुले यज्ञ, तप आदि गर्दा दुःख दिने गर्थे । यिनलाई थाहा थियो यिनीहरूको वध श्री रामचन्द्रबाहेक अरूले गर्न सक्दैनन् । त्यसैले यिनले अयोध्यापुरीबाट रामलाई यहाँ ल्याएका थिए ।
विभाण्डक आश्रम कौशिकी नदी तटमा थियो । ऋष विभाण्डक यिनी तालको छेउमा बसी तपस्या गरिरहेका बेला अप्सरा उर्वशी त्यो तालमा स्नान गर्न आइन्, उनलाई देखेर उनी काममोहित भए र तालमा उनको बिर्य खस्यो । त्यो बिर्य मिश्रित जल यौटी हरिणीले खाएपछि हरिणीको गर्भबाट गैंडाको जस्तो सिङयुक्त बालकको जन्म भयो । ऋषि विभाण्डकले त्यो बालकको नाम श्रृङ्गी वा ऋष्यश्रृङ्ग राखे ।
ऋषि वशिष्ठको तपस्थली तथा आश्रम देवघाटदेखि तनहूँतर्फको एउटा डाँडामा अवस्थित एउटा गुफामा छ । यिनी ब्रहृमाका मानस पुत्र हुन् । यिनले कर्दम ऋषि तथा देवहूतिकी छोरी अरुन्धतीसँग विवाह गरेका थिए । उनका सय पुत्र थिए । उनी राजा दशरथ तथा रामको कुलगुरु थिए । माण्डव्य ऋषिको आश्रम पाल्पाको माडीमा हो । पद्मपुराण अनुसार माण्डव्य ऋषि दिनहुँ कालीगण्डकीमा स्नान गरी गण्डकी तटमा पूजा गर्दथे । उनको तपस्याबाट प्रसन्न भएको गण्डकीले आफू तिलको समान दाना जति तिलोत्तमा (तिनाउ) नदीमा मिसिने छु भनिन् । त्यसदेखि यता माण्डव्य ऋषिले तिनाउ खोलामा स्नान आदि कृत्य तिनाउ खोलातिरमा सारे र तपस्या माण्डव्य आश्रममा गर्न थाले ।
मरिची ऋषिको आश्रम शालिग्राम स्थलमा छ । यिनी दक्षप्रजापतिका ज्वाइँ हुन्, यिनले दक्षप्रजापतिको यज्ञमा शिवजीको निन्दा गरेकोले जलेर भष्म भएका थिए । यिनी ने मुनिका पिता हुन् । देवदत्त आश्रम ऋषिकेश तीर्थस्थानमा अवस्थित छ । कालीगण्डकी तटमा भृगुवंशीय देवदत्त नामक एकजना ऋषिले स्याङजामा रहेको भृगुतुंगेश्वर गुफामा विष्णुको घोर तपस्या गरेका थिए । इन्द्रले प्रम्लोचा नामक अप्सरालाई पठाई उनको तपस्या भंग गराइदिएका थिए । उनले प्रम्लोचासँग भोगविलास गरे । उनीहरूबाट रुरु नामक कन्या जन्मिई, जसलाई रुरु अर्थात् हरिणीले स्तनपान गराई हुर्काएकाले कन्याको नाम रुरु रहन गयो । पछि रुरुले रिडीमा आएर तपस्या गरी मुक्ति पाएकाले यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको हो ।
नेपाल महात्म्यअनुसार ने मुनिको आश्रम रोशी र सुनकोशी नदीको सङ्गम दुम्जा (सिन्धुली) नजिक छ । मरिचीका छोरा ने मुनिको तपस्यास्थली मणिचूड पर्वत पनि हो । यिनले यहाँ १२ वर्षसम्म बज्रयोगिनी देवीको तपस्या गरेका थिए । रोग तथा पापले पीडित विरूपाक्षलाई विभिन्न तीर्थस्थलको भ्रमण गरी देवी देउताको दर्शन गरी पाप तथा श्रापमुक्त हुने उपदेश दिएका थिए । नेपालको नाम यिनकै नामबाट रहेको विश्वास छ ।
गायत्री मन्त्रका प्रवर्तक ऋषि विश्वामित्रको आश्रम उत्तर वराह क्षेत्रदेखि दक्षिण रामधुनी क्षेत्रसम्म थियो । यिनको तपस्यास्थली तथा यज्ञभूमि हिमवत्खण्ड नेपालको कोकाह र कौशिकी तटमा थियो । तपस्यारत यिनलाई मारिच र सुबाहुले यज्ञ, तप आदि गर्दा दुःख दिने गर्थे ।
ऋषि पाराशरको आश्रम सेती तथा मादी नदीको दोभानमा छ । शास्त्रअनुसार यिनी कतै वशिष्ठका छोरा त कतै नाति भनी उल्लेख छ । सनातन धर्मावलम्बीहरूको धार्मिक कानुन पाराशर स्मृतिको रचना यिनले गरेका थिए । यिनी गोत्र प्रवर्तक ऋषि थिए । वेदव्यास यिनका पुत्र थिए । पाणिनी आश्रम अर्घाखाँचीको पूर्वी भागको तुदी पर्वत जसलाई अचेल पणेना गाउँ भनिन्छ, मा छ । यस गाउँको उत्तरतर्फ रुरु क्षेत्र, वायव्यकोणमा ऋषि दुर्वासाको आश्रम र पश्चिममा रावणले आफ्नो नृत्य शिव ताण्डव नृत्यद्वारा शिवजीलाई प्रसन्न पारेको नरपानीमा अवस्थित छ । पाणिनीले शिवजीको यहीँ तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पुलस्त्य आश्रम म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि उत्तर कालीगण्डकी र रहु खोलाको दोभानमा नपुग्दै गलेश्वर महादेव स्थानको माथि पाखामा पुला नामक स्थानमा छ । वराह पुराण अनुसार यिनले यस अतिरिक्त नवलपरासीको नारायणी, सोना र पञ्चानदीको संगममा पनि तपस्या गरेका थिए । यिनका पुत्र विश्रवा ऋषिका पुत्र रावणको जन्म यही पुलामा भएको थियो । यिनी दक्ष प्रजापतिका ज्वाइँ थिए ।
पुलहा आश्रम नवलपरासीको नारायणी, सोना र पञ्चानदीको संगमस्थलमा भएको वराहपुराणमा उल्लेख छ । यिनी पनि पुलस्त्य जस्तैै ब्रहृमाका पुत्र तथा दक्षप्रजापतिका ज्वाइँ थिए । राजा ऋषभदेवका ज्येष्ठ पुत्र भरतले पनि यहीँ तपस्या गरेका थिए । यिनले चित्रवन (चितवन) मा राज्य गरी भरतखण्ड वा भारतवर्ष चलाए । त्यस बेला भारतवर्ष भन्नाले कश्मिरदेखि ब्रहृमपुत्र र कैलाश मानसरोवरदेखि गंगा तटसम्म थियो । जसलाई भारतवर्ष भनिन्छ । यो हिमवत्खण्ड नै सक्कली भारतवर्ष हो । भरतले तपस्या गर्दा मृगमा मोहित भई पुनः मृगको रूपमा जन्म लिए । पछि जडभरत (बाहिर मुर्ख भित्र ज्ञानी) नामले ब्राहृमण कुलमा जन्म लिई गण्डकीतटमा तपस्या गरी सिद्धि प्राप्त गरेका थिए ।
भृगु आश्रम देवघाटमा छ र ऋग्वेदअनुसार अग्नि प्राप्त गर्ने पहिलो ऋषि भृगु अर्थात् प्रकाशवान, प्रकाश र उज्ज्वल हुन् । देव र दानव युद्धमा यिनले दानवको पक्ष लिएका थिए । यिनले नै विष्णुलाई पटक-पटक गर्भको पीडा भोग्नु परोस्, ब्रहृमाको पूजा नहोस् र शिवलाई लिङ्गाकार होस् भन्ने श्राप दिएका थिए । यस्ता अनेकौं देवीदेवता तथा ऋषिमुनिहरूको वास तथा तपस्थलीस्थल नेपाल हो । अझै धेरै अनुसन्धानको जरुरी छ । अन्त्यमा हिमालय टाइम्सको वार्षिकोत्सवको उपलक्ष्यमा यसले सनातन धर्म, संस्कृति तथा इतिहासको प्रवद्र्धन, जागरण, अनुसन्धान तथा सचेतन गर्ने काममा महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामनासहित यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । (शर्मा हिमालय टाइम्सको स्तम्भ लेखक हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच