संसारले डिजिटल युगमा धेरै फड्को मारेको छ । आज हरेक कारोबार डिजिटल हुँदै गएको छ । हामीले पनि समयअनुसार त्यसलाई पछ्याउँदै गएका छौँ । आज प्रविधिमैत्रीसँग हरेक क्षेत्रलाई जोड्न थालिएको छ । पछिल्लो केही दशकमा नेपालले पनि प्राविधिक विकासमा ठूलो फड्को मारेको छ । त्यो सकारात्मक कुरा हो । अहिले नेपालको सबै कुनामा मोबाइल नेटवर्क पुगेको भनेर सुनिन्छ तर को केका लागि अनलाइन छ भन्ने पनि महत्वपूर्ण विषय हो ।
अहिले घर–घरमा सानो बच्चादेखि ज्येष्ठ नागरिकसम्म डिजिटल प्रविधि पुगेको छ मोबाइलमार्फत् । हरेक कुराका राम्रा र नराम्रा पक्ष हुन्छन् । यसलाई सही प्रयोग गर्नु र गर्न लगाउनु आजको आवश्यकता हो । हामीले चलाउने डिभाइसका बारेमा हामीलाई केही जानकारी हुन आवश्यक हुन्छ जसले गर्दा हामीले यसको सही प्रयोग गर्न सक्छौँ । म हिमालय टाइम्सको यो आलेखमा कम्प्युटरको जिबी ¥यामसम्बन्धी केही जानकारी राख्दै छु । आशा छ यहाँहरूले केही लाभ लिन सक्नुहुनेछ ।
सामान्यतः हामीले प्रयोग गर्ने अपरेटिङ सिस्टमले र्यामको आवश्यकता निर्धारण गर्छ । उदाहरणका लागि यदि कम्प्युटरमा विन्डोज १० छ भने न्यूनतम १ जिबी र्याम र ३२ बिट विन्डोज आवश्यक पर्छ । तर, विन्डोज ६४ बिटको छ भने त्यसका लागि न्यूनतम दुई जिबी र्याम आवश्यक हुन्छ ।
कम्प्युटरमा प्रयोग भएको ३२ र ६४ बिट भनेको के होला ? कम्प्युटरलाई कति जिबी र्याम आवश्यक छ ?
कम्प्युटरले कति चुस्तरूपमा काम गर्ने भन्ने कुरा यसमा भएको र्यामले निर्धारण गर्दछ । कम्प्युटरमा भएका प्रोग्राम, एप्लिकेसन वा सेवा व्यवस्थापन गर्न र्यामले धेरै ठूलो भूमिका खेलेको हुन्छ । कम्प्युटरमा जति धेरै र्याम भयो, धेरै वटा प्रोग्रामहरू सँगसँगै चलाउन उत्तिकै सहज हुन्छ । यदि पर्याप्त र्याम भएन भने तपाईंको कम्प्युटर ढिलोे हुनुका साथै अन्य प्रोग्राम चलाउन असहज हुन्छ तर र्याम हुनुपर्छ भन्दैमा अनावश्यक र्याम राख्नु पनि पैसाको बर्बादी हो । त्यसैले आफ्नो कामअनुसार कम्प्युटरमा कति र्याम आवश्यक पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।
कम्प्युटरमा न्यूनतम कति र्याम आवश्यक पर्छ ?
सामान्यतः हामीले प्रयोग गर्ने अपरेटिङ सिस्टमले र्यामको आवश्यकता निर्धारण गर्छ । उदाहरणका लागि यदि तपाईंको कम्प्युटरमा विन्डोज १० छ भने न्यूनतम १ जिबी र्याम र ३२ बिट विन्डोज आवश्यक पर्छ । तर, विन्डोज ६४ बिटको छ भने त्यसका लागि न्यूनतम दुई जिबी र्याम आवश्यक हुन्छ । भर्खरै सार्वजनिक भएको विन्डोज ११ का लागि भने न्यूनतम चार जिबी र्याम चाहिन्छ तर हामीले प्रयोग गर्ने विभिन्न प्रोग्रामका लागि यो र्याम पर्याप्त भने हुँदैन ।
विन्डोज ११ का लागि :
विन्डोज ११ प्रयोग गर्नका लागि कम्प्युटरमा न्यूनतम चार जिबी ¥याम आवश्यक पर्छ । तर, यति र्यामको भर पर्नुभयो भने क्रोम ब्राउजरमा पाँच वटाभन्दा बढी ट्याब खोल्दा स्लो हुन थाल्छ । भिडिओ एडिटिङको कुरा त छोडौँ, यो र्यामको सहायताले फोटो एडिट पनि गर्न सकिँदैन । त्यस्तै, गेमिङ वा अन्य कुराबारे त सम्झिनु पनि बेकार हो । विन्डोज ११ प्रयोग गरिरहँदा यस्ता काममा बाधा नपुगोस् भन्ने चाहनुभएको छ भने तपाईंलाई ८ जिबी ¥याम आवश्यक नै पर्छ । ८ जिबी र्याममा तपाईंले आवश्यक विभिन्न र्याम प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल क्रोम, फोटो वा भिडिओ एडिटिङ एप तथा अन्य केही गेमका लागि यो र्याम पर्याप्त नै हुन्छ ।
आठ जिबीभन्दा बढी प्रयोग गर्दा के हुन्छ ?
विन्डोज ११ मा हाम्रा सामान्य कामका लागि आठ जिबी र्याम उपयुक्त हुन्छ । तर, त्यसभन्दा बढी र्याम राख्नुपर्ने अवस्था कतिबेला आउला भन्ने लाग्दै छ भने तल लेखिएका कुराको हरफ नछुटाई पढ्नैपर्ने हुन्छ । हामीले प्रयोग गर्ने क्याड, थ्रिडी मोडेलिङ एप, फोरके भिडिओ प्रोसेसिङ जस्ता हेभी एप्लिकेसन प्रयोग गर्दा तपाईंलाई बढी र्याम आवश्यक पर्छ । जस्तै, प्रिमियर प्रो, फोटोसप, एयर इफेक्ट जस्ता एप्लिकेसन साइड-बाइसाइड चलाउनुपर्यो भने तपाइईंलाई ८ जिबी र्याम उपयुक्त नहुन सक्छ । त्यसैले यस्ता एप्लिकेसन प्रयोग गर्दा तपाईंले १२ वा १६ जिबी र्याम प्रयोग गर्नुपर्छ ।
गेम खेल्ने प्रयोजनको पिसीमा कति जिबी र्याम आवश्यक पर्छ ?
गेमकै लागि धेरै र्याम आवश्यक छ, पर्छ भन्ने चाहिँ होइन तर जुन गेम खेल्न खोज्नुभएको छ त्यही गेमले आपूmलाई चाहिने ¥याम बताइदिन्छ । अनावश्यक र्याम राख्दा त्यसको कुनै काम हुँदैन । यसको सट्टा आफ्नो बजेटलाई एसएसडी कार्ड वा पिसीमा खर्च गर्न सक्नुहुन्छ । कतिपय अवस्थामा सिपियु स्लो हुनुका पछाडि त्यसको कम स्टोरेज वा कमजोर ग्राफिक्स कार्डले गर्दा हुन्छ । त्यस्तो अवस्थामा र्याममा खर्च गर्नु भनेको पैसा अनावश्यक खर्च गर्नु मात्र हो ।
विन्डोज ११ मा कतिसम्म र्याम प्रयोग गर्न सकिन्छ ?
१. विन्डोज ११ इन्टरप्राइस : ६ जिबी
२. विन्डोज ११ एजुकेसन : २ जिबी
३. विन्डोज ११ प्रो (वर्कस्टेसन) : ६ जिबी
४. विन्डोज ११ प्रो : २ जिबी
५. विन्डोज ११ होम : १२८ जिबी
हामीले चलाउने कम्प्युटरमा प्रयोग हुने ३२ बिट र ६४ बिट भनेको के होला ?
सामान्यतया कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर विश्वबजारमा प्रचलनमा रहेको देखिन्छ । त्यो हो ३२ र ६४ बिट । कम्प्युटरको कामलाई प्रोसेसरले मात्र असर गर्दैन तर यसले कुन प्रकारको सफ्टवेयर प्रयोग गर्ने भनेर छुट्याइदिन सक्छ ।
३२ बिट कुन-कुन विन्डोजमा थियो ?
सन् १९९० सम्म ३२ बिट प्रोसेसर सबै कम्प्युटरमा मुख्यरूपमा प्रयोग भएको पाइन्छ । इन्टेल पन्टिएम प्रोसेसर, एएमडी प्रोसेसर सबै ३२ बिटका लागि थिए । अपरेटिङ सिस्टम तथा सफ्टवेयर पनि ३२ बिटका लागि मात्र धेरै प्रयोग हुन्थे वा बन्ने गर्दथे भन्दा फरक नपर्ला । विन्डोज ९५, विन्डोज ९८, विन्डोज एक्सपी सबै ३२ बिटमा नै उपलब्ध थिए ।
६४ बिट कुन-कुन विन्डोजमा छ ?
सन् १९६१ मा जब आइबिएमले ७०३० स्ट्रेच सुपर कम्प्युटर निर्माण गर्यो तब यसको उत्पत्ति भएको हो भन्न सकिन्छ । सन् २००० सम्म घरमा प्रयोग गरिने कम्प्युटरमा ६४ बिट प्रोसेसर प्रयोग गरिएको थिएन । जब माइक्रोसफ्टले विन्डोज एक्सपीको ६४ बिट भर्जन सार्वजनिक गर्यो त्यसपछि मात्र यसको प्रयोग हुन थालेको हो । विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज ८ र विन्डोज टेन सबै ६४ बिट प्रोसेसरमा उपलब्ध छन् ।
यी दुई बिट प्रोसेसरमा के फरक छ ?
यिनीहरूबीच सबैभन्दा ठूलो भिन्नता भनेको काम गर्दा प्रतिसेकेन्डको हिसाबले गणना गर्न सक्ने संख्या वा क्षमता हो । जसले छिटो काम पूरा गर्नका लागि फरक पार्दछ । ६४ बिट प्रोसेसर डुअल कोर, क्वाड कोर, सिक्स कोर र एट कोरमा उपलब्ध हुन्छ । धेरै कोर भयो भने काम गर्दा प्रतिसेकेन्ड गणना गर्ने संख्या वृद्घि गर्न अनुमति दिन्छ । जसले गर्दा प्रोसेसरको शक्ति वृद्घि हुन्छ र कम्प्युटर पनि फास्ट हुन्छ । धेरै कोर भएको ६४ बिट प्रोसेसरले छिटो तथा दक्षताका साथ सफ्टवेयर प्रोग्रामका लागि धेरै गणना गर्ने काम गर्न सक्छ । ३२ बिट र ६४ बिटमा अर्कै भिन्नता भनेको र्याम पनि हो जुन मैले माथि चर्चा पनि गरिसकेँ ।
३२ बिटले अधिकतम् ४ जिबी र्याम सपोर्ट गर्छ भने ६४ बिटले सैद्धान्तिकरूपमा १८ एक्सबाइटसम्म सपोर्ट गर्छ, भनिएको छ तर प्रयोगात्मकरूपले हेर्दा आठ टेराबाइट र्यामलाई सपोर्ट गरेको देखिन्छ । सफ्टवेयर, ग्राफिक डिजाइन, भिडियो इडिटिङ, गेमिङ तथा अन्यका लागि बढी ¥यामको आवश्यकता पर्दछ । थ्रिडी ग्राफिक तथा गेमिङका लागि ६४ प्रोसेसर नै आवश्यक पर्दछ । ६४ बिट अहिले प्रायः घरमा भएका सबै नयाँ कम्प्युटरमा प्रयोग भएको हुन्छ । यो सामान्यजस्तो भइसकेको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जना भई समग्र देश विकासमा समेत टेवा पुग्ने गर्दछ । सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगी मुलुक आर्थिक उन्नतितर्फ अग्रसर हुन्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जना भई समग्र देश विकासमा समेत टेवा पुग्ने गर्दछ । सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगी मुलुक आर्थिक उन्नतितर्फ अग्रसर हुन्छ । अहिले समग्र विश्वको विकास व्यावसायिक तथा प्राविधिक शिक्षाकै कारण सम्भव भएको हो । नेपालमा प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गए तापनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन सकेको छैन । यो हाम्रो तितो यथार्थ हो । हाम्रा पाठ्यक्रम सैद्धान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आवश्यक छ ।
हामीकहाँ स्रोत तथा साधनको अभावका कारण प्राविधिक तथा व्यावसायिक शिक्षामा समयअनुकूल फड्को मान नसकेको पक्कै हो । यसका लागि बजार क्षमता तथा तात्पर्यता बढाउनुपर्ने आजको आवश्यकता हो । बेमेल, औद्योगिक साझेदारीको अभाव, कमजोर संस्थागत क्षमता, नवप्रवद्र्धनका लागि कमजोर समर्थन तथा छुट्टै रणनीतिको अभावका कारण नेपालसहित समग्र एसियामा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा चुनौती देखिएका छन् ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि अध्ययन, अनुसन्धान तथा साझेदारीमार्फत् छुट्टै रणनीति बनाएर अगाडि बढ्नु जरुरी छ । प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता तथा महत्व बढेसँगै सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षाको विकासमा ध्यान दिनुपर्ने आवश्यक छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका