बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालको निजी विमान सेवा बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिनुभएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

उहाँ नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि हुनुहुथ्यो । यस्तै उहाँ २०२४ सालमा कानुन, न्याय तथा शिक्षा मन्त्री, २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत हुनुभएको थियो ।

निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्तसमेत हुनुभएका उहाँ नेपाल प्रेस काउन्सिलको पनि संस्थापक अध्यक्ष हुनुहुन्थो । उहाँले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गर्नुभएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

हाल बुद्ध एयरलाई उहाँका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा चलाइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?