छलफलका लागि कांग्रेस शीर्ष नेताहरुकाे बैठक बालुवाटारमा बस्दै

फईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएको समय सकिनै लाग्दा  नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलको लागि बोलाइएको छ ।

सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि  कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने बिषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएको हो ।

अपरान्ह १२ः३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकले प्रधानमन्त्री को पहिलो ? भन्नेमा राय दिने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?