नेपालबाट मासिक झण्डै ५० हजार युवा रोजगार वा अध्ययनको सिलसिलामा विदेश जाने गरेका छन् । विदेशबाट केही समयको घर बिदामा स्वदेश फर्कनेको संख्याभन्दा विदेशिनेको संख्या धेरै बढी छ । देशका करिब ५० लाख युवा अहिले पनि विदेशी भूमिमा पसिना बगाइरहेको सरकारी तथ्यांक छ । अध्ययन अथवा रोजगारीको खोजीमा विदेशिने कतिपय युवाहरू विदेशमै घरजम गरेर बस्ने गरेका छन् । देशका लागि यो अर्को ठूलो समस्याको रूपमा विकसित हुँदै गएको विषय हो ।
नेपाली युवा विदेशिनुको प्रमुख कारण राजनीतिक वितृष्णा, शिक्षित बेरोजगारी, अरूको सिको अनि थेग्नै नसक्ने महँगी नै हो । देशका युवा रोजगार तथा शिक्षा ग्रहण गर्ने उद्देश्यले विदेश भासिएका छन् । यसरी दक्ष तथा अर्धदक्ष युवा शक्तिको विदेश पलायनले भोलि देशको अवस्था के हुने हो भन्ने चिन्ता लिनु र यसमा ध्यान दिनु आजको आवश्यकता हो ।
हिजो भएका उद्योग, कलकारखाना पनि बन्द हुँदै जानु, नयाँ उद्योग स्थापनाका लागि वातावरण नबन्नु, स्वदेशमा श्रम बिक्री हुने क्षेत्र पनि राजनीति हस्तक्षेपकै कारणले तहसनहस हुनुले युवा पलायनको डरलाग्दो अवस्था प्रतिबिम्बित भएको हो । अब त्यसमा परिवर्तन हुनु जरुरी छ । जनतालाई आभाष हुनेगरी हुने परिवर्तन र विकासका लागि अब बन्ने सरकारले काम गर्नु अपरिहार्य छ ।
हाल विदेशिएका युवाको दैनिक जीवनमा विदेशी रोजगारले आर्थिक सवालमा केही मात्रामा परिवर्तन ल्याए पनि, उनीहरूको पारिवारिक जीवनस्तरमा सुधार आए पनि, यो दीर्घकालीन समस्या समाधानको उपायबन्न सक्दैन । यता सरकार उनीहरूको दीर्घकालीन समस्या सम्बोधन गर्नुको सट्टा उनीहरूबाट रेमिट्यान्स भित्र्याउने कुरामामात्रै उद्यत रहेको देखिनुले मुलुकको भावी दिन कस्तो हुने हो भन्नेमा सबै नेपाली नागरिकमा चिन्ता बढ्दो छ ।
अझै पनि देशमै रहेका युवाहरूको शैक्षिक, आर्थिक, सामाजिक, मानसिक समस्या छ । मानसिक समस्याबाट माथि उठ्न युवालाई गाउँगाउँमा प्रशिक्षणका कार्यक्रम दिनुपर्छ । उनीहरूमा देशप्रेम तथा देशप्रति सकारात्मक भावना बढ्नुको सट्टा, वितृष्णा र नकारात्मक सोचको विकास भएका कारण पनि युवा विदेशिएका हुन् ।
यस कुरामा सरकार सजक हुनुपर्दछ । देशमा रोजगारीको अभावको कारण आफ्नो श्रमशक्ति विदेशी भूमिमा बेच्न गएका युवाहरू त्यहाँ उत्पादनका साधन बनेका छन् । उनीहरूको मुख्य उद्देश्य नै केवल परिवारको दैनिक खर्च चलाउनमा सीमित हुन गएको छ । बिहान बेलुकाको छाक टारेर थोरै बचेखुचेको सम्पत्ति पनि घर घडेरी र श्रीमतीको गहनापातमा सिमित हुन्छ ।
हातमा सीप र नाडीमा बल छउन्जेल कमाइ होला तर बुढेसकालमा के गरी जीवन चलाउनु भन्ने उनीहरूको चिन्ता छ । यौवन र क्षमता छउन्जेल परिवारबाट टाढा रही विदेशकै भूमिमा पसिना बगाउनुपर्ने गुनासो सहितको पीडा उनीहरूमा देखिन्छ ।
देशमा भएका राजनीतिक परिवर्तनले स्वदेशमै रोजगार पाइएला, देश समृद्धितिर अघि बढ्ला र रोजीरोटीको प्राप्तिसँगै स्वावलम्बी हुन सकिएला भन्ने युवा जमातमा फेरि राजनीतिक वितृष्णा बढ्दै गएको छ । सबै प्रकारका परिवर्तनमा जोस-जाँगरसहित आन्दोलनमा होमिएका युवा आज रोजिरोटीका लागि विदेशिन विवश हुनु कदापि हुँदैन । राज्यस्तरबाट दशकौँदेखि समुन्नत, समृद्ध र आधुनिक नेपाल निर्माण गर्ने परिकल्पनाका साथ सरकारले नयाँ विकासका योजनाअघि सारेको वर्तमान परिप्रेक्ष्यमा युवा आशावादी भएका छन् । आगामी आर्थिक वर्षको बजेटले युवा रोजगारका विषयलाई प्राथमिकतामा राख्नुपर्छ । युवा रोजगार भएमात्र देश द्रुतत्तर गतिमा आर्थिक विकासमा फड्को मार्न सक्छ । युवास्वरोजगारका विषयमा सम्बन्धित निकायले खवरदारीका साथ कार्यान्वयन गर्नु पर्दछ ।
हाम्रो देशमा आवश्यक नीतिनियम, मानव अधिकार, शान्ति सुरक्षा, सेवासुविधा, कामदारको बीमा सुविधा, ज्यालामा असमानता, कामदारलाई गरिने अनादर, शिक्षा, स्वास्थ्य सुविधाबाट वञ्चित, परिश्रमको आधारमा सुविधा नभएको कारणले गर्दा विदेशीहरूको लोभलाग्दो अवसरले नेपाली युवाहरूमा विदेशी आकर्षक बढ्ने गरेको हो । त्यहाँ आवश्यक सेवासुविधासहित विभिन्न कुराले युवाहरूलाई प्रवासले अल्झाइराखेको हुन्छ । यस कुरामा सरकारले ध्यान पुर्याउँदै स्वदेशमै अवसर र सुविधाको ग्यारेन्टी गर्न सकेमा विदेशिने युवाको संख्यामा कमी आउँछ ।
अझै पनि देशमै रहेका युवाहरूको शैक्षिक, आर्थिक, सामाजिक, मानसिक समस्या छ । मानसिक समस्याबाट माथि उठ्न युवालाई गाउँगाउँमा प्रशिक्षणका कार्यक्रम दिनुपर्छ । उनीहरूमा देशप्रेम तथा देशप्रति सकारात्मक भावना बढ्नुको सट्टा, वितृष्णा र नकारात्मक सोचको विकास भएका कारण पनि युवा विदेशिएका हुन् । त्यस प्रकारको वितृष्णाले भोलि देशलाई माया गर्नेहरूको कमी हुन सक्छ । देश हाँक्न सक्ने सक्षम जनशक्तिको अभाव खड्किन सक्छ । देशको जिम्मेवारी सम्हाल्नुपर्ने र देशलाई समृद्धितिर बढाउनुपर्ने बेलाका युवामा अस्वाभाविक रूपमा बढ्दै गएको आक्रोश र असन्तुष्टिको भावनाले न त समृद्ध नेपाल बनाउने चाहाना पूरा हुन्छ, न त युवाहरूको भविष्यको निर्माणको ग्यारेन्टी नै हुनसक्छ ।
देशमै रोजगारीका सम्भावनाहरूको पहिचान गरी युवा पलायनको डरलाग्दो अवस्थाको अन्त्य गरिनुपर्छ । बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका लागि नीतिनिर्माण, योजना निर्माण भए पनि उचित कार्यान्वयन हुन सकेको छैन । यसतर्फ ध्यान जानु अहिलेको आवश्यकता हो । केवल राजनीतिक दलहरूको कार्यकर्ता पोस्ने र पहुँच भएकाको हालीमुहाली भएको गुनासो आउनु कदापि हुँदैन । युवाहरूलाई प्राथमिकताका साथ सहभागी गराई उत्पादनमूलक खालको कुनै पनि कार्यक्रम सरकारले अघि सार्नु पर्दछ । आज देश निर्माणका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा युवाहरूलाई विदेश पलायनबाट कसरी रोक्न सकिन्छ भनेर सोच्ने बेलाआएको छ ।
देशमै रोजगारीका सम्भावनाहरूको पहिचान गरी युवा पलायनको डरलाग्दो अवस्थाको अन्त्य गरिनुपर्छ । बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका लागि नीति निर्माण, योजना निर्माण भए पनि उचित कार्यान्वयन हुन सकेको छैन । यसतर्फ ध्यान जानु अहिलेको आवश्यकता हो ।
अझै समय घर्किसकेको छैन । देशमा दिगो शान्ति सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्थापनले निम्त्याउन सक्नुपर्दछ । हालसम्म स्वदेशमै रहेका युवाशक्तिलाई देशमा आवश्यकता अनुसारको रोजगार सिर्जना गरी युवाहरू स्वदेशमै बस्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो । विद्यार्थीलाई दिइने सैद्धान्तिक शिक्षाले मात्रै मुलुक समृद्ध बन्दैन, मुलुकको समृद्धिका लागि व्यावहारिक शिक्षा जरुरी हुन्छ । सरकारले व्यावहारिक शिक्षामा बढीभन्दा बढी लगानी गरेर यही देशलाई कर्मथलो बनाउन सक्ने वातावरण बनाउन सक्नुपर्दछ ।
हरेक युवा कुनै न कुनै कामका लागि सक्षम हुन्छन् । उनीहरूको साहस र क्षमता सम्बोधन गर्नुपर्छ, त्यो साहस र क्षमता प्रदर्शित गर्ने अवसरबाट बञ्चित हुन दिनु हुँदैन । अवसरहरू सिर्जना गर्न सक्नुपर्दछ । देशको राजनीतिक गतिविधिबाट असन्तोषको भावनाले ग्रसित युवाजमातलाई उत्पादनमुखी सेवामा प्रोत्साहित गर्नुपर्दछ । जनचाहानालाई ध्यानमा राखेर युवाको इच्छा मुताविकका स्वरोजगारका कार्यक्रम ल्याउन सक्नुपर्दछ । नेपालको अधिकांश श्रम अवसर शहर केन्द्रित हुने भएकाले ग्रामीण क्षेत्रको विकासमा जोड़ दिई थप रोजगारीको अवसर सिर्जना गरी समस्या समाधान गर्न सकिन्छ ।
रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून व्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामीण, दुर्गम क्षेत्रमा कारोबार सञ्चालन गर्नेलाई विशेष प्राथमिकता र सहायताको नीति लिएरसमेत बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ, युवा पलायनलाई जतिसक्दो चाँडो कम गर्दै स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना उजागर गराउन सक्नुपर्छ । यसतर्फ सम्बन्धित निकायको ध्यानजान जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच