गठबन्धनको बैठक सकियो, ओलीलाई भेट्न प्रचण्ड बालकोटतिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा हुनुहुन्थ्याे ।

बैठकको सुरुमा प्रचण्ड, नेपाल र देउवा मात्रै सहभागी  हुनुहुन्थ्याे पछि खनाल थपिनु भएकाे थियाे ।

बैठक सकिएलगत्तै माओवादीका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोतिर लागेको स्रोतको भनाइ छ । गठबन्धन बैठकमा सहमित जुट्न नसकेको स्रोतको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?