माओवादी पदाधिकारी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बस्दैछ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक अहिले बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा नवनियुक्त प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ‘प्रचण्ड’ले वर्तमान परिस्थिति बारे ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?