‘ट्रम्प सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने’

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन् ।

आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ ।

ट्रम्पले भने सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?