काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी छ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमा बैठक बसिरहेको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार पदाधिकारी बैठकमा सरकारमा पार्टीबाट ककसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ। बैठकअघि प्रधानमन्त्री दाहाललाई पार्टीका कार्यकर्ता र पदाधिकारीहरूले बधाई दिएका थिए ।
यसैबीच माओवादीको पदाधिकारी बैठक सकिनासाथ नयाँ बानेश्वरमा रहेको संसद् भवनमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने दलहरूको बैठक बस्नेछ ।
आजै अपरान्ह ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदै हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका