बैतडीको मेलौली नगरपालिकामा लागेको ताला कायमै

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको मेलौली नगरपालिकाको कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन् । पुष ५ गते आइतबार मेलौली-७ का स्थानीयहरुले १५ शैय्याको अस्पताल निर्माणको बिवादलाई लिएर गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । मेलौलीमा बन्ने भनिएको १५ शैय्याको अस्पताल वडा नम्बर ७ कै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नै बन्नुपर्ने माग राख्दै गरिएको अझै खुल्न नसकेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले जानकारी दिनुभयो ।

१५ शैय्याको अस्पताल निर्माण बिषयमा मेलौली नगरपालिका १ र ७ बिच बिवाद हुँदै आएको छ । वडा नम्बर ७ का स्थानीयहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमै बन्नुपर्ने अडान रहेको छ भने १ का स्थानीयहरुको बिट्ठेनीमा नै १५ शैय्याको अस्पताल बन्नुपर्ने माग रहेको छ । दुवै पक्ष संग बसेर नगरपालिकामा लागेको ताला खोल्ने प्रयास भैरहेको जोशीले बताउनुभयो ।

दुवैपक्ष बिच अस्पताल निमार्णकै बिषयमा झडप हुँदा गएको बिहीबार २० जना भन्दा बढी घाइते भएका थिए । वडा नम्बर ७ का स्थानीयले मेलौली पञ्चेश्वर सडकखण्ड समेत अवरुद्ध पारेका छन् । अवरुद्ध सडकखण्ड सुचारु गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रिले जानकारी दिनुभयो ।

२०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणका बिषयमा विवाद हुँदै आएको छ । दुवै पक्षले आ-आफ्नो अडान नछोडेका कारण अस्पताल निर्माणका बिषयमा सहमति हुन सकेको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?