सीके राउतको जनमत पार्टीले पायो उद्योग मन्त्रालयको जिम्मेवारी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा माग्नुभएको थियो ।

जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैहुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?