सीके राउत मन्त्री नबन्ने, अब्दुल खान उद्योगमन्त्री बन्दै

Read Time = 2 mins

काठमाडौं । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताउनु भयो ।

उहाँले सो मन्त्रालयमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिनुभयो । अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,  ‘हाम्रो पार्टीको तर्फबाट हाम्रो बरिष्ठ उपाध्यक्ष अब्दुल खान जी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ । त्यो निर्णय पार्टीबाट भएको छ । म चाहीँ हेर्नुस् खासमा भन्ने हो भनेदेखि म सांसदको लागि पनि त्यति योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो । त्यही भएर हाम्रो पार्टीले योग्य व्यक्तिलाई नै पठाउँदै छ सरकारमा । उहाँ पनि निकै ठूलो संघर्ष गर्नुभएको व्यक्ति हो ।’

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयले आजै अपरान्ह ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?