आज प्रधानमन्त्रीसहित आठ मन्त्रीले शपथ लिने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ ।

आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिनुभयो । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनु हुने छ। उपप्रधानसहित अर्थमा पौडेलले जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ भने रवि लामिछानेले उपप्रधानसहित गृह तथा श्रेष्ठले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ ।

प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?