राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।

यसैगरी समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिनुभएको छ ।

आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?