फिलिपिन्समा बाढीका कारण ४६ हजार मानिस विस्थापित

Read Time = 4 mins

मनिला । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीबाट करिब ४६ हजार मानिस घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठजनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् ।

क्याथोलिक धर्मावलम्बीको बाहुल्य रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको हो । ‘शनिबार र आइतबार व्यापाक वर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ’, गिंगोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले फोनमार्फत एएफपीसँग बताउनुभयो । सामुद्रिक सुरक्षा गार्डले दक्षिणी शहर ओजामिज र नजिकैको क्लारिन शहरका दुई दर्जनभन्दा बढी परिवारका सदस्यलाई उद्धार गरेको जनाएको छ ।

सामुद्रिक सुरक्षागार्डले सार्वजनिक गरेको तस्वीरमा उद्धारकर्ताले रातको समयमा बालबालिकालाई घरहरूबाट उद्धार गरी कम्मरसम्म डुबेको अवस्थामा बाढीको पानी पार गरिरहेको देखिएको छ । नजिकैको दक्षिणी शहर जिमेनेज र टुडेलामा डुबेर तीनजना र एक अन्य गरी चारजनाको मृत्यु भएको छ ।

सुरक्षा गार्डका अनुसार तीव्र हावाहुरी र ठूलो छालका कारण क्रिसमसको दिन मध्य टापू लेटेको तटमा माछा मार्ने एउटा डुंगा डुबेको थियो । चालक दलका दुई सदस्यको मृत्यु भएको छ भने अन्य ६ जनाको उद्धार गरिएको थियो ।

पूर्वी शहर लिब्मानन र तिनामबाकमा क्रिसमसको केही दिनअघि आएको बाढीबाट एक बालिकासहित अन्य दुईजनाको डुबेर मृत्यु भएको नागरिक सुरक्षा कार्यालयले जनाएको छ । १९ जना हराइरहेका छन्, जसमध्ये अधिकांश देशको प्रशान्त महासागरीय तटका निर्वाहमुखी मछुवा हुन् । उनीहरू क्रिसमसको केही दिनअघि कठिन संघर्षका बावजुद समुद्रमा डुबेका थिए । ११ करोड जनसंख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो ।

क्रिसमसका समय लाखौं मानिस पारिवारिक पुनर्मिलनका लागि आफ्नो गृहनगरमा आउने गर्छन् । फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ । वैज्ञानिकहरूले संसारभरि तापक्रम बढ्दै जाँदा आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?