सञ्जय साई बाबाको ३५औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सञ्जय साई बाबाको ३५औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान सञ्चालन गरिएको छ । उहाँको शुभजन्मोत्सवमा श्री सञ्जय साई सेवा अर्गनाइजेसनले विविध सामाजिक सेवामूलक ३५ दिने अभियान सञ्चालकन गरिरहेको हो ।
यो अभियान सुरु भएको १०औं दिनसम्म आइपुग्दा विभिन्न क्षेत्रमा सामाजिक सेवामूलक कार्यहरू सम्पन्न भएका छन् । यसमा कागेश्वरी मनहरा वार्ड नं.८ गोठाटार मा सडकमा अलपत्र छोडिएका असहाय करिब १०० गाई बस्तुलाई एक मिनिटाटा परालको भुस्सा, १०० किलो दाना, १०० किलो पिठो फलफूल खुवाइएको छ ।

यस्तै, हात्ती गौडामा करिब १०० वटा कुकुरलाई विभिन्न प्रकारका खाना रासन सामग्री उपलब्ध गराइएको छ । त्यसैगरी माउण्ट सेभ बोर्डिङ स्कुल कोटेश्वरको नरेफाट मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ डाक्टरहरूद्वारा करिब ३४५ जना स्थानीयवासी दिन दुःखी र असहायलाई निःशुल्क रुपमा विस्तृत उपचार, स्वास्थ परीक्षण तथा औषधि वितरण गरिएको छ ।

त्यस्तै, हनुमान ढोका, पाटन, बूढानीलकण्ठलगायत विभिन्न मन्दिरमा पन्छि परेवाहरूलाई दाना-पानी मकै, गहुँ, चामल, आहारा दिएर सेवा गरिएको छ । यस्तै, सिद्दी बाल गृह खरीपाटी भक्तपुरमा करिब ५९ जना अनाथ बालबालिकालाई एक महिनाका लागि पुग्ने खाद्यान्न राशन सामग्री उपलब्ध गराइएको छ । त्यस्तै, बृद्धबृद्धाहरूलाई खाद्यान्न भाँडाकुडा लता कपडा उपलब्ध गराइएको छ ।

यसैगरी विगतमा पनि बाबाकै जन्म दिनको अवसर पारेर दृष्टिविहीन, अपांग, बहिरा र असहाय करिब १५९ जना बालबालिकालाई जाडोमा लाउने न्यानो पोलार ज्याकेट वितरण गरेर सेवा गरिएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?