मेगा बैंकको कामु सिइओमा पोखरेल नियुक्त

Read Time = 2 mins

काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सिइओ)मा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो ।

विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुनुहुन्छ । बैंक सञ्चालनमा आउनुअघि नै २०६७ साल वैशाख १ गतेदेखि पूर्व सञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गर्नुभएका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बन्नुभएको हो ।

नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकका रूपमा करिब तीन दशकअघि करिअर सुरु गर्नुभएका नायब प्रमुख कार्यकारी अधिकृत बन्नुभएका पोखरेल मेगा बैंकमा आबद्धअघि फ्रुडेन्सियल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत हुनुहुन्थ्यो । मेगा बैंकबाट स्वेच्छिक अवकाश लिनुभएकी कामु सिइओ रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?