बैतडीको मेलौली नगरपालिकामा लागेको ताला कायमै

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको मेलौली नगरपालिकाको कार्यालयमा लागेको ताला अझै खुल्न सकेको छैन् । पुस ५ गते आइतबार मेलौली–७ का स्थानीयहरूले १५ शय्याको अस्पताल निमार्णको बिवादलाई लिएर गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । मेलौलीमा बन्ने भनिएको १५ शैय्याको अस्पताल वडा नम्बर ७ कै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नै बन्नुपर्ने माग राख्दै गरिएको तालाबन्दी अझै खुल्न नसकेको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिनुभयो ।

१५ शैय्याको अस्पताल निर्माण बिषयमा मेलौली नगरपालिका १ र ७ बीच विवाद हुँदै आएको छ । वडा नम्बर ७ का स्थानीयहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमै बन्नुपर्ने अडान रहेको छ भने १ का स्थानीयहरूको बिट्ठेनीमा नै १५ शैय्याको अस्पताल बन्नुपर्ने माग रहेको छ । दुवै पक्षसँग बसेर नगरपालिकामा लागेको ताला खोल्ने प्रयास भइरहेको जोशीले बताउनुभयो ।

दुवै पक्षबीच अस्पताल निर्माणकै विषयमा झडप हुँदा गएको बिहीबार २० जनाभन्दा बढी घाइते भएका थिए । वडा नम्बर ७ का स्थानीयले मेलौली पञ्चेश्वर सडकखण्डसमेत अवरुद्ध पार्दै आएका छन् । २०७० सालदेखि मेलौलीमा अस्पताल निर्माणका विषयमा विवाद हुँदै आएको छ । दुवै पक्षले आ आफ्नो अडान नछोडेका कारण अस्पताल निर्माणका विषयमा सहमति हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?