चिसो बढेसँगै बेँशी झारिए भेँडीगोठ

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन् ।

अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गंगा घलेले बताउनुभयो । ४५०० मिटरभन्दा माथि उचाईको जडिबुटी (कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा) खाएका भेडाबाख्रा घलेगाउँको डाँडामा आइपुगेको उहाँले बताउनुभयो । घलेगाउँको तीनवटा भेँडीगोठ रहेका छन् । अहिले दुईवटा मात्रा झरेका छन् भने अर्को पनि झर्दैछ ।

हिमालको काखमै रहेको ठूले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उहाँको भनाइ छ ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेँडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेँडीगोठलाई लिइन्छ ।

पसगाउँको भेँडीगोठ यतिबेला केही क्युबे-ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?