नेपाली फिल्मको कथावस्तु कमजोर, गीत-संगीत शसक्त : संगीतकार पोखरेल

Read Time = 2 mins

काठमाडौं । नेपाली फिल्मको सफलताको कारण गीत-संगीत बन्ने गरेको छ । गीत-संगीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार-प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–संगीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत-संगीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार्नुहुन्छ संगीतकार अर्जुन पोखरेल । ‘केही गीत-संगीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो सङ्ख्या कम छ’, संगीतकार पोखरेल भन्नुहुन्छ, ‘फिल्ममा आउने गीत-संगीतमा जति भव्यता भयो त्यति नै प्रचार-प्रसार हुन्छ । एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् । उहाँको संगीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ । चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताउनुभयो ।

‘काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ’, उहाँले भन्नुभयो । उहाँ निर्माताको बजेटअनुसार काम गरेको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?