यू-२३ भलिबल टोली आज स्वदेश फर्कदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेशमा आयोजना भएको बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली यू-२३ टोली आज स्वदेश फर्कदै छन् ।

ढाकामा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहान ११:३० बजे स्वदेश आईपुग्ने छन् । चार टोली सहभागी प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालले प्रतियोगितामा कुनैपनि खेल जित सकेन ।

सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३-२ को सेटमा पराजित भएको थियो । प्रतियोगिताको उपाधि घरेलु टोली श्रीलंकाले जितेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?