जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका-१४ को सम्पर्क कार्यालय रातामाटामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका उप-प्रमुख अमृतादेवी कुँवरको उपस्थितीमा अहेवहरु यमुना ज्ञवाली र कमला पुनले जेष्ठ नागरीकहरुको स्वास्थ्य परीक्षण गर्नुभयो । ६० वर्ष माथिका ५८ जना जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

त्यस अवसरमा जेष्ठ नागरीकहरुको सुगर तथा ब्लड प्रेसर परीक्षण गरिएको थियो । साथै जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियाे । सुगर, ब्लड प्रेसर तथा सिटामोल, ज्वरो लगायतका औषधी वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?