२५ पुसका लागि बोलाइयो प्रतिनिधिसभाको अधिवेशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकको सिफारिसको आधारमा राष्ट्रपतिले संसद् अधिवेशन आव्हान गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?