क्रिकेट शृंखलाको उपाधि बागमतीलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशको महिला टोलीले बागमती प्रदेश आमन्त्रण क्रिकेट शृंखलाको निर्धारित ४० ओभरको २ खेलको शृंखला २-० ले सोमबार जितेको छ । मूलपानी क्रिकेट मैदानमा भएको दोस्रोे खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो ४० ओभरको खेलमा बागमतीले हङकङलाई २ विकेटले हराएको थियो ।

पहिले ब्याटिङ गरेको हङकङले २५ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । हङकङकी कप्तान क्यारी च्यानले २२, इम्मा लाइले १६ र हेली लुइले १४ रन जोड्नुभयो । बागमतीकी खुशी डंगोल र सोनी पाख्रिनले ३-३ तथा कप्तान अस्मिना कर्माचार्यले २ र विपिशा शाहीले १ विकेट लिनुभयो ।

जवाफमा बागमतीले २९.२ ओभरमा ६ विकेटको क्षतिमा १०२ रनको विजय लक्ष्य हासिल गर्‍यो । बागमतीकी सोनी पाख्रिनले २७, कञ्चन श्रेष्ठले २५ र सलिना सिलवालले अविजित २१ रन प्रहार गर्नुभयो । हङकङकी बेट्टी च्यानले ३, इम्माले २ र क्यारीले १ विकेट हात पार्नुभयो । बागमतीकी सोनी ‘वोमन अफ म्याच’ घोषित हुनुभयो । पहिलो खेलमा पनि सोनी नै ‘वोमन अफ द म्याच’ बन्नुभयो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको शृंखलाअन्तर्गत अब बागमतीले हङकङसँग दुई टी-२० खेल खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?