तीन पुस्तकको लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा आयोजना गरेकोे कार्यक्रममा तीनवटा पुस्तकको लोकार्पण भएको छ । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको उपन्यास ‘अनन्त यात्रा’, रामचन्द्र दाहालको कवितासंग्र्रह ‘सुजेरो’ र जिज्ञासु पौडेलको मुक्तकसंग्र्रह ‘ज्वालामुखी’ को लोकार्पण भएको हो ।

उक्त लोकार्पित पुस्तकहरूमाथि प्रा.डा.सावित्री कक्षपति, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा.डा.गोविन्दमानसिंह कार्की र डा.शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा बागमती कलेजका अध्यक्ष सुरेन्द्र सिटौला तथा समाजका सल्लाहकार चन्द्रप्रसाद भट्टराईले शुभकामना व्यक्त गर्नुभएको थियो । घायल, मधु पाठक, लोकार्पित पुस्तकका लेखक माधव विडारी, रामचन्द्र दाहाल र जिज्ञासु पौडेल तिलकले मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?