सूर्य नेपाल इस्टर्न ओपन सुरु

Read Time = 2 mins

धरान । सूर्य नेपाल गल्फ टुर २०२२-०२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाउनुभएको छ । पार-७० को धरान गल्फ क्लबको कोर्समा उहाँले ५-अण्डर ६५ को कार्ड तयार पार्नुभएको हो । नेपाल नम्बर एक शुक्रबहादुर राई र सञ्जय लामा ४-अण्डर ६६ को स्कोरका साथ संयुक्तरूपमा दोस्रो स्थानमा रहनुभएको छ । ३-अण्डर ६७ मा पहिलो १८ होलको खेल पूरा गर्नुभएका भुवन नगरकोटी चौथो स्थानमा रहँदा इभन-पार ७० सहित जयराम श्रेष्ठ पाँचौँ स्थानमा रहनुभएको छ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यावसायिक र कम्तीमा छ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने बताइएको छ । कुल आठ लाख पुरस्कार राशि रहेको प्रतियोगिता विजेताले एक लाख ४० हजार प्राप्त गर्नेछन् भने उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?