रेलमार्गको थप अध्ययन गर्न आयो चिनियाँ टोली

Read Time = 4 mins

काठमाडौं  । बहुचर्चित काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली मंगलबार नेपाल आइपुगेको छ । चाइना रेलवे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुपको छजनाको प्राविधिक टोली आएको हो । रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अघि बढाइने बताउनुभएको छ । उहाँका अनुसार यसअघि नै अध्ययनको काम भइसकेको र थप अध्ययन हुनेछ ।

कोरोनालगायतका कारण पूर्वसम्भाव्यता अध्ययनपछि रेलमार्गको विषयमा प्रगति हुन सकेको थिएन, परियोजना प्राविधिकरूपमा चुनौतीपूर्ण रहेकाले निर्माणको चरणमा जाँदा कुनै समस्या नआउने गरी अध्ययन गरिने उहाँले बताउनुभएको छ । चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिमलगायत विषयमा अध्ययन गर्नेछ । अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेशनलगायत विषय टुंगिने बताइएको छ ।

प्राविधिक टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिमलगायत विषयमा अध्ययन गर्नेछ । अबको अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेशनलगायत विषय टुंगिने बताइएको छ ।

बेल्ट एण्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेका नौ विकास परियोजनामा केरुङ-काठमाडौं रेलमार्ग पनि एक हो । गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा चीनले रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता दिने सम्झौतामा हस्ताक्षर भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा चिनियाँ विदेशमन्त्रीले चिनियाँ विज्ञ टोली पठाउने बताउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । दुई देशबीच २०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारीपछि रेलमार्गको प्रक्रिया अघि बढेको हो । रसुवागढी सीमा नाकादेखि काठमाडौंसम्मको दूरी ७२.२५ किलोमिटर हुनेछ भने रेलमार्गको ९८.५ प्रतिशत खण्ड पुल तथा सुरुङमा रहनेछन् । जसमा चारवटा स्टेशन रहनेछन् भने सातवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । आयोजना सम्पन्न गर्न नौ वर्ष र करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

चीनले खोल्यो रसुवा नाका
चीनले मंगलबारदेखि नेपाली वस्तु निर्यातका लागि रसुवागढी नाका खोलेको छ । कोरोनालगायत कारण देखाउँदै झण्डै तीन वर्षदेखि बन्द रहेको नाका चीनले खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका भने कहिले खुल्ने हो ठेगान छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?