संसद अधिवेशनका लागि तयार छौँः संसद सचिवालय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताउनुभएको हो ।

सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताउनु भयो । सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ ।

उहाँले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताउनुभयो । सचिवालयसँग स्रोत नभएको भन्दै उहाँले अर्थ मन्त्रालयसँग पटक-पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ ।’

सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदापनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?