अमेरिकामा हिमआँधीः मृत्यु हुनेकाे संख्या ५० पुग्याे

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  हिमआँधीका कारण टेनेसी ओक्लाहोमा, केन्टकी, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, मिजौरीलगायतका राज्यमा ५० जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ ।

हिउँको प्रभाव अझै केही दिन रहने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरूले सुझाव दिएका छन् । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?