यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर ३१ पैसाले वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा तोकिएको छ । मंगलबार भने अमेरिकी डलर खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ९२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा ७५ पैसाले युरोपियन युरोमा उकालो लागेको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको थियो ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा तोकिएको छ ।  कतारी रियालको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४१ पैसा र बिक्रीमा १० रुपैयाँ ४६ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८० पैसा र बिक्रीमा ३५२ रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?