जसपा संसदीय दलको नेतामा यादव

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन हुनुभएकाे छ । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गर्नुभएकाे हाे ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी हुनुहुन्थ्याे । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाउनु भएकाे हाे । जसपासँग १२ सांसद छन् । तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए । राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहनुभएकाे थियाे । तर अध्यक्ष यादवले उहाँको चाहना पूरा हुन दिनुभएन ।

यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बन्नुभएकाे छ । यो घटनाले जसपामा विवाद देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?