एक्कासी बढेको चिसोका कारण बाँके र बर्दियाको जनजीवन कष्टकर, बालबालिका तथा जेष्ठ नागरिक प्रभावित

फाइल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बाँके । अचानक बढेको चिसोको कारण बाँके, बर्दिया लगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

मंगलवारदेखि एक्कासी बढेको चिसोको कारण बजार सुनसान भएको छ । दैनिक मजदुरी गरी गुजारा चलाउनेहरुका लागि समस्या देखा परेको छ । कुहिरोको कारण नेपालगञ्ज एयरपोटबाट हुने नियमति उडान समेत प्रभावित बनेको छ ।

व्यापारीहरु आफ्नो पसल अगाडी दाउरा बालेर आगो तापेर बसिरहेका देखिन्छन् भने सरकारी कार्यालयहरुमा सेवा लिन जाने सेवाग्राहीको संख्या ह्यात्तै घटेको छ ।
मंगलवार विहानदेखि लागेको बाक्लो हुस्सुका कारण चिसो बढ्दा मानिसको चहल पहल कम भएका कारण व्यापारमा मन्दी आएको नेपालगञ्ज धम्वोजीका सन्तोष शाहीले बताउनु भयो । चिसो मौसमका लागी भनेर केहि दिन पहिले बाक्लो कपडा राखेपनि सोचे अनुसारको विक्रि नभएको शाहीको भनाई छ । दिनभर घाम नलागेका कारण र विहानैदेखि चिसो हावा चल्नुका साथै बाक्लो हुस्सु लागेका कारण चिसो बढेको छ ।

यसको प्रत्यक्ष असर बालबालिका तथा जेष्ठ नागरिकमा देखिएको छ । यता नेपालगञ्ज एयरपोर्ट नेपालगञ्ज नागरिक उडययन कार्यालय इन्चार्ज सुरेस खनालल विहान र बेलुकाको उडान प्रभावित भएको बताउनु भयो । खनालले हिमालय टाइम्ससंग कुरा गर्दै दिउँसोका उडान तालिका भएपनि समय अनुसार नभएको बताउनुभयो ।

बाँके, बर्दियाका चिसो छल्न सर्वसाधरण तथा व्यापारीहरु आ आफनो घर पसल अगाडि आगो बालेर न्यानो बन्ने प्रयास गरिरहेका छन । चिसो बढेसगै मुख्य चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाइदिन सर्वसाधरणले माग गरेका छन् । यता चिसो मौसममा अस्पतालमा विरामीको चाप पनि बढदै गएको छ । चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वास समस्या देखिने जेष्ठ नागरिकहरुमा हाड जोर्नि , जाडोले कठयाङ्ग्रिने र शितलहरले ज्यान समेत लिन सक्ने गम्भिर समस्या उत्पन्न हुनेहुँदा सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

बर्दिया अस्पताल गुलरियाका डा. विश्वनाथकुमार शाहका अनुसार यो मौसममा बालबालिका र जेष्ठ नगारिकलाई विशेष ख्याल राख्नुपर्ने बताउनु हुन्छ । उहाँका अनुसार चिसो बढेसगै बालबालिकामा रुघाखोकी, ज्वरो तथा झाडापखाला हुन सक्ने भन्दै यस्तै खालका विरामी अस्पतालमा आउने गरेको बताउनु भयो । यसै बीच देशमा पश्चिम न्युन चापिए प्रणालीको आंशिक प्रभाव रेहका कारण तराईका भुभागमा बाक्लो हुस्सु लागेको छ भने पहाडी भागमा आंशिक बदली रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?