अपांगता भएका महिलाविरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच गोष्ठी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘अपांगता भएका महिलाविरुद्धको हिंसा, नीतिगत सवलता र न्यायमा पहुँच’ पुर्‍याउने उद्देश्यले राजधानीमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अपांगता भएका महिलाहरूप्रति भइरहेका हिंसा बारे कसरी आवाज उठाउन सकिन्छ र त्यसका लागि नीतिगत रूपमा के कस्ता सवल पक्ष छन् । आगामी दिनमा कसरी यसलाई अझ सवल बनाउँदै लान सकिन्छ र यदि अन्याय भएको खण्डमा त्यसका लागि कसरी न्यायमा पहुँच पुग्न सक्छ भन्ने सम्बन्धमा अधिवक्ता तथा कानुनविद्, अपांगता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न आयोग तथा सरकारी निकायका प्रतिनिधि र उपत्यका भित्रका विभिन्न ६ वटा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका सदस्यबीच व्यापक छलफल गरिएको थियो ।

सहभागीहरूले अपांगता भएका महिलाहरूको न्यायमा पहुँच पुर्‍याउन आ-आफ्ना निकायमा के-के गर्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रमले सचेत गराएको बताउँदै आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । अपांगता भएका महिलाहरूको महासंघ-नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ र श्रवण-दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा सञ्चालित सो कार्यशालालाई अपांगता अधिकार वकालत कोषले सहयोग गरेको थियो । कार्यशालामा ५० जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?