म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स यूनाइटेडलाई पराजित गरेको छ ।

बिहीबार बिहान भएको खेलमा सिटीले घरेलु टोली लिड्सलाई ३-१ गोलले पराजित गरेको हो ।

सिटीका एर्लिङ हलान्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्षस्थानको आर्सनलको ४० अंक छ । सिटीसँग पराजित भएको लिड्स यूनाइटेड १५ खेलमा १५ अंकका साथ १५औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?