उपराष्ट्रपति, उपप्रधानसहित तीनमन्त्री र मधेशको मुख्यमन्त्रीमा जसपाको दाबी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका लागि दाबी गरेको छ ।

जसपाले सरकारलाई समर्थन गरेपनि सहभागिताको विषयमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रधानमन्त्री प्रचण्डले जसपासहित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास थाल्नुभएको छ ।

जसपाले बुधबार रामसहाय यादवलाई संसदीय दलको नेता चुनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन आवद्ध दलका शीर्ष नेतासँग उपराष्ट्रपति र उपप्रधानसहित तीनवटा मन्त्रालय आफूले पाउनुपर्ने दबाब दिनुभएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन पावर शेयरिङको विषयमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा हुनुहुन्छ। उहाँले प्रधानमन्त्री प्रचण्डसँग औपचारिकरुपमा प्रस्ताव समेत राखिसक्नुभएको छ ।

संसदमा १२ सिट रहेको जसपाले मधेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान पनि राखेको छ । मधेस प्रदेशमा जसपाको १६ सिट छ । जसपाले मधेस सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबीलाई ुबटमलाइनु बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?